नेप्से परिसूचकको पहिरो थामियो
काठमाडाैं | असार ७, २०७९
काठमाण्डौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक उकालो लाग्दा खडेरीमा पानी परे जस्तै भएको लगानीकर्ताको टिप्पणी छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार ३९.९३ अङ्कले उकालो लागेर एक हजार ९२४.७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ८.९० अंकले उकालो लागेर ३७५.०९ मा पुगेको छ ।
कूल २३१ कम्पनीको ३७ लाख ६५ हजार ५१६ कित्ता शेयर रु एक अर्ब २५ करोड ३७ लाख ५७ हजार ७१५ बराबरको कारोबार भयो । कारोबार भएका १३ उपसमूहकै शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ १७.१४, व्यापार ४२.०३, होटल तथा पर्यटन ५०.५७, विकास बैंक ११५.७७, जलविद्युत् ६१.८१, वित्त ४८.९८, निर्जीवन बीमा १५४, उत्पादन ९१.८४, अन्य ३८.२७, लघुवित्त ९१.८८, जीवन बीमा २०३.१८, सामूहिक लगानी कोष ०.१४ र लगानी १.८५ अङ्कले उकालो लागेका छन् ।
नेप्सेका अनुसार आँधीखोला लघुवित्त, सिवाइसी नेपाल लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त ८.९८ र रिभर फल्स पावरका लगानीकर्ताले ८.८८ प्रतिशतले कमाए । नबिल ब्यालेन्सफ फण्ड २.९३, तेह्रथुम पावर कम्पनी २.८७, एनआइसी एशिया ब्यालेन्स फण्ड २.५९, लक्ष्मी इक्विटी फण्ड २.५० र एनएमबी–५० का लगानीकर्ताले २.०४ प्रतिशतले गुमाए ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

